तोलामा छ सय रुपैयाँले घट्यो सुनको मुल्य


काठमाडाैं – नेपाली सुनचाँदी बजारमा आज सुनको मुल्य तोलामा छ सय रुपैयाँले घटेको छ ।

आज सुन तोलामा एक लाख ३८ हजार छ सयमा रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको मुल्य तोलामा एक लाख ३९ हजार दुई सय रुपैयाँ रहेको थियो । हिजोको मुल्य अहिलेसम्मकै उच्च हो ।

चाँदीको मुल्य भने आज १० रुपैयाँले बढेको छ । हिजो तोलाको एक हजार सात सय १५ रुपैयाँ रहेको चाँदीको भाउ आज १० रुपैयाँले बढेर तोलाको एक हजार सात सय २५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया