बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेललाई नर्भिकमा लगियो


हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको स्वास्थ्यमा समस्या देखिएको छ। काठमाडौंबाट मङ्गलबार सिन्धुली हुँदै रामेछाप जिल्लामा कार्यक्रममा जाने क्रममा मुख्यमन्त्री सिन्धुलीमा बिरामी भएका हुन्।

मुख्यमन्त्री जम्कट्टेललाई मुटुसम्बन्धी समस्या रहँदै आएकोमा रक्तचापको समेत समस्या बढेर असहज भएपछि उनलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ।

मुख्यमन्त्री कार्यालयका उनका सहयोगी उपेन्द्र जम्कट्टेलले मुख्यमन्त्रीलाई उपचारका लागि काठमाडौंस्थित नर्भिक अस्पतालमा लगिएको जानकारी दिए।

मुख्यमन्त्री जम्कट्टेल रामेछाप जिल्लामा खानेपानी आयोजना उद्घाटनका लागि सिन्धुली हुँदै जाँदै थिए।

प्रतिक्रिया