अझै सुरु हुन सकेन संसद बैठक


काठमाडाैं – बिहान ११ बजेका लागि बोलाइएको संसद् बैठक अझै सुरु हुन सकेको छैन । दलहरूबीच सहमति जुट्न नसक्दा आज बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक अझै सुरु हुन नसकेको हो ।

संसद् खुलाउने विषयमा सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकसँग छलफल गरिरहेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि संसद् बैठक अगाडि आन्तरिक तयारी गरिरहेको छ ।

हिजोको बैठकमा धकेलाधकेल नै भएपछि आजसम्मका लागि स्थगित गरिएको थियो । संसद्को अवरोध खुलाउने विषयमा आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रवि लामिछानेबीच पनि छलफल भएको थियो ।

प्रतिक्रिया