संसद् बैठक बस्दै : प्रधानमन्त्रीले सांसदहरूका प्रश्नको जवाफ दिने


काठमाडाैं – प्रतिनिधि सभाको बैठकमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।

प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ मा प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्नका लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको पहिलो घण्टा निर्धारण गर्ने व्यवस्था रहेको छ ।

गएको असार ३० गते चौथो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएर हिजो विश्वासको मत लिएका प्रधानमन्त्री ओलीको सांसदसँग यो पहिलो प्रश्नोत्तर हो । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ ।

प्रतिक्रिया