प्रतितोला एक हजार रूपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार?


काठमाडौं – नेपाली बजारमा सुन-चाँदीको मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला सात सय रूपैयाँ घटेको सुनको मुल्य यस दिन प्रतितोला एक हजार रूपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार एक सय रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ।

बिहीबार प्रतितोला १७ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १७ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो।

प्रतिक्रिया