पहिरोले अवरुद्ध कर्णाली राजमार्ग पुनः सञ्चालन


कालिकोट – कालिकोटको पिलीमा पहिरो जाँदा अवरुद्ध कर्णाली राजमार्ग खुलेको छ । पहिरो पन्छाएसँगै राजमार्ग खुलेको प्रदेश प्रहरी कार्यालयका सुचान अधिकारी एवं प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेले जानकारी दिए ।

बिहीबार विहान खडाचक्र नगरपालिका–७ पिलिस्थित कर्णाली राजमार्गमा सडक माथिबाट पहिरो आएर राजमार्ग अवरुद्ध भएको थियो ।

सडक अवरुद्ध भएसँगै सुर्खेत–जुम्ला जाने सवारी साधनहरु अलपत्र परेका थिए । पाण्डेका अनुसार स्थानीय निकायसँग समन्वय गरेर पहिरो पन्छाइएको हो । अहिले सवारी साधनहरु आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

प्रतिक्रिया