टी-२० क्रिकेट : नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित


काठमाडाैं – टी-२० क्रिकेट शृङ्खलाकाे तेस्राे खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’ टाेलीसँग ७६ रनले पराजित भएकाे छ । वेस्ट इन्डिज ‘ए’ ले दिएकाे २ सय २८ रनकाे लक्ष्य पछ्याएकाे नेपाल १९ ओभर २ बलमा १ सय ५१ रनमा अल आउट भयाे ।

नेपालका लाेकेश बम र करण केसीले समान २८, कुशल मल्लले २०, विनाेद भण्डारीले १९, अनिल साहले १४ रन बनाए । अन्य खेलाडीले दाेहाेराे अङ्कमा रन बनाउन सकेनन् ।

वेस्ट इन्डिज ‘ए’ का हेडन वाल्शले ३, गुदाकेश माेटीले २ विकेट लिए । यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे वेस्ट इन्डिज ‘ए’ ले २० ओभरमा ३ विकेट गुमाएर २ सय २७ रन बनायाे ।

वेस्ट इन्डिज ‘ए’ का ओपनर ब्याटर जाेनसन चार्ल्सले शतक बनाए । चार्ल्स ५९ बलमा १ सय १९ रन बनाएर नट आउट रहे । यस्तै आन्द्रे फ्लेचरले ५३ रन बनाए । नेपालका करण केसी र सागर ढकालले समान १ विकेट लिए ।

याेसँगै पाँच खेलको टी-२० क्रिकेट शृङ्खलामा वेस्ट इन्डिज ‘ए’ ले २–१ ले अग्रता लिएकाे छ । यसअघि पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई चार विकेटले हराएको थियो । यस्तै दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १० रनले हराएको थियो । शृङ्खलाको चौथो खेल भोलि र पाँचौँ तथा अन्तिम खेल शनिवार हुनेछ ।

नेपालले आईसीसी टी-२० विश्वकपको तयारी स्वरूप वेस्ट इन्डिज ‘ए’ सँग पाँच खेलको शृङ्खला खेलिरहेको हो । यो शृङ्खलापछि नेपाली टोली टी-२० विश्वकप खेल्न अमेरिका जानेछ । वेस्ट इन्डिज ‘ए’ टोली पहिलो पटक नेपाल भ्रमणमा आएको हो ।

प्रतिक्रिया