पूर्वमन्त्री सुवालको निधन, आज अत्येष्टि गरिने
काठमाडौं – समाजसेवी एवं पूर्वस्वास्थ्यमन्त्री प्रयागराज सिं सुवालको निधन भएको छ । ९३ वर्षीय थापाको उनकै निवास झोछेँमा आइतबार साँझ निधन भएको हो ।
प्रजातन्त्रका लागि लडेका पुराना नेताहरुमध्येका एक उनी लामो समय नेपाली काँग्रेसमा रही राजनीतिमा सक्रिय थिए ।
पञ्चायत कालमा स्नातकहरुमध्येबाट सांसद चुनिएका उनी कुनै बेला काठमाडौँ नगरको मेयर पनि थिए । उनले परोपकार संस्थाको अध्यक्षको भूमिका पनि निर्वाह गरे ।
उनका श्रीमती, दुई छोरा र एक छोरी छन् । दिवङ्गत सुवालको सोमबार टेकू दोभानमा अत्येष्टि गरिने परिवारजनले जानकारी दिएको छ ।