तामाङले सुम्पिए कमल थापालाई राप्रपा नेपालको अध्यक्षता


काठमाडौं – लाक्पा तामाङको नेतृत्वमा रहेको राप्रपा नेपालको अध्यक्षको जिम्मेवारी पाएपछि कमल थापाले केहि समयको अलमलपछि घर फर्किएको बताएका छन् । उनले सामाजिक सञ्जाल ट्विटर मार्फत यस्तो बताएका हुन् । नेता तामाङले पनि सामाजिक सञ्जाल फेसबुक मार्फत अध्यक्षता सुम्पिएकाे घाेषणा गरेका छन् ।

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएपछि असन्तुष्ट रहँदै आएका थापालाई आयोगमा दर्ता भइसकेको राप्रपा नेपालको अध्यक्षको जिम्मेवारी दिइएको हो ।

‘देशको धरातलीय यथार्थ र साथीहरुको सुझाव अनुसार हामीले राप्रपा नेपाललाई पुनर्जागृत गरेका छौँ।केही समयको अलमल पछि घर फर्केका छौँ। यो कार्यलाई सार्थक तुल्याउने राप्रपा नेपालका नेता लाक्पा तामाङलाई धन्यवाद। राप्रपा नेपालमा आवद्ध हुन र सकारात्मक परिवर्तनमा सहभागी हुन सबैमा अपिल गर्दछु,’उनले भनेका छन् ।

थापाले केहि दिन अघि राप्रपा परित्याग गरेको घोषणा गरेका थिए ।

 

प्रतिक्रिया