भोजपुरको हतुवागडीमा आगलागी, तीन बालबालिकाको मृत्यु


भोजपुर – भोजपुरको हतुवागडीमा भएको आगलागीमा परि तीन बालबालिकाको मृत्यु भएको छ । हतुवागडी गाउँपालिका-७ मा भएको आगलागीमा एकै परिवारका तीन जना बालबालिकाको ज्यान गएको हो ।

आगलागीमा परेर पाँच वर्षका प्रनिष कार्की, ७ वर्षकी दीपशिखा कार्की र ३ वर्षका बालक दियुनिष कार्कीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले जानकारी दिए ।

प्रहरीका अनुसार पाँच वर्षीय बालक प्रनिष कार्की, केदार कार्कीका छोरा हुन् भने अरु दुई जना केदारका भाइ रमेश कार्कीका छोराछोरी हुन् ।

प्रतिक्रिया