मोरङमा आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट


मोरङ – ग्यास लिक भई बिहीबार दिउँसो मोरङको नाङ्लो रेष्टुरेन्टमा आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट भएकाे छ ।

विराटनगर महानगरपालिका-२ स्थित ईश्वर बास्कोटाको नाङ्लो रेष्टुरेन्टमा आगलागी हुँदा रेष्टुरेन्ट, रेष्टुरेन्टसगैको फर्निचर सोरूम र छिमेकी विनोद अग्रवालको वाल समेत जलेर करिब ६० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको हाे ।

आगलागीको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले स्थानीयवासी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया