बस दुर्घटनामा १५ जना घाइते


धादिङ – धादिङकाे थाक्रे गाउँपालिका-७ जुंगेखोलामा आज बिहान बस दुर्घटना हुुँदा १५ जना घाइते भएका छन् । काठमाडाैंबाट धादिङबेसीका लागि छुटेकाे बा ५ ख ७४ नम्बरको बस सडकमा पल्टिएकाे हाे ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ । अन्यको अवस्था सामान्य रहेकाे र उनीहरुलाई शिवदर्शन अस्पताल धार्केमा उपचारका लागि पठाइएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए ।

गम्भीर घाइते भएकालाई प्राथमिक उपचारपछि काठमाडाैंकाे ट्रमा सेन्टरमा पठाइएकाे छ ।

प्रतिक्रिया