महामन्त्री शर्मा भन्छन् – शपथ लिँदा गौरव गरेजति नै गम्भीर पनि भएको छु


काठमाडाैं – नेपाली कांग्रेसका महामन्त्री एवम् नवनिर्वाचित सांसद विश्वप्रकाश शर्माले आजदेखि आफ्नो राजनीतिक जन्म भएको बताएका छन् । महामन्त्री शर्माले शपथ लिँदा गौरव गरेजति नै गम्भीरता पनि लिएको बताए ।

आज बिहीवार प्रतिनिधि सभा सदस्यको शपथ ग्रहणपछि सङ्घीय संसद् भवनबाहिर सञ्चारकर्मीसँगको कुराकानीमा महामन्त्री शर्माले यस्तो बताएका हुन् । उनले पहिलो पटक सांसदको शपथ लिँदा आफूले नागरिककाे विषयलाई गम्भीरताका साथ लिएको बताए ।

उनले भने, ‘मैले पहिलो पटक सांसदको रूपमा शपथ लिएकाे छु । शपथ लिँदै गर्दा, अक्षरहरू पढ्दै गर्दा लेखिएका अक्षरमा म केन्द्रित थिएँ । जन्मदिनकै सेरोफेरोमा मैले राजनीतिक रूपमा अर्को जन्म भएको महसुस गरेँ । मैले इमानदारितापूर्वक कार्य गर्नुपर्छ ।’

महामन्त्री शर्मा झापा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भएका हुन् ।

प्रतिक्रिया