प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले लिए शपथ


काठमाडाैं – प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरुले गोपनियताको शपथ लिएका छन्। सङ्घीय संसद् भवनको हल नयाँ बानेश्वरमा प्रतिनिधि सभाका सबैभन्दा जेष्ठ सदस्य पशुपतिशम्शेर जबराबाट बिहीवार सांसदहरुले शपथ लिएका हुन्।

२७५ सदस्यीय प्रतिनिधि सभामा यसपटक नेपाली कांग्रेसबाट ८९, एमालेबाट ७८, माओवादीबाट ३२, राष्ट्रिय स्वतन्त्र पार्टीबाट २०, राप्रपाबाट १४, जसपाबाट १२, एकीकृत समाजवादीबाट १० सांसद छन्।

त्यसैगरी जनमत पार्टीबाट ६, लोकतान्त्रिक समाजवादी पार्टीबाट ४, नागरिक उन्मुक्ति पार्टीको तीन, राष्ट्रिय जनमोर्चा र नेपाल मजदूर किसान पार्टीले एक–एक सांसद छन्। यसै गरी, प्रतिनिधि सभामा पाँच जना स्वतन्त्र सांसद छन्।

केही सांसदले ईश्वरको नाममा र केहीले जनताको नाममा शपथ लिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो बुधवार प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबरालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । जबराले प्रतिनिधि सभाका अरू नवनिर्वाचित सासंदलाई शपथ ग्रहण गराउने जिम्मेवारी पाएका हुन् ।

प्रतिक्रिया