खैरो हेरोइनसहित मोरङबाट सञ्चालक पक्राउ

विराटनगर – लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित मोरङको सुन्दरहरैँचा नगरपालिका-१० खोर्साने चोकबाट रेष्टुरेन्ट सञ्चालक पक्राउ परेका छन्।

फास्टफुड नामक रेष्टुरेन्ट सञ्चालन गर्दै आएका २८ वर्षीया सुरज थापामगरलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीले बताए। उनका अनुसार थापामगरलाई मंगलबार साँझ उनकै रेष्टुरेन्टबाट पक्राउ गरिएको हो।

लागुऔषध सेवन तथा बिक्री हुँदै आएको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय विराटचोकले रेष्टुरेन्टमा छापा हानेको थियो। त्यस क्रममा २ ग्राम २८ मिलिग्राम खैरो हेरोइन बरामद भएको डीएसपी कार्कीले बताए।

उनका अनुसार थापामगरविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन बुधबार म्याद थप गरेर अनुसन्धानको प्रक्रिया अघि बढाइएको छ। घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलबारीले अनुसन्धान गरिरहेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *