एमालेको प्रमुख सचेतकमा गिरी र सचेतकमा बर्तौला नियुक्त


काठमाडौं – नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा पदम गिरी नियुक्त भएका छन् । लामो समयपछि नेकपा एमालेले प्रमुख सचेतक र सचेतक चयन गरेको हो ।

संसदीय दलका नेता केपी शर्मा ओलीले आइतबार पूर्व स्वास्थ्यमन्त्री गिरीलाई प्रमुख सचेतक र महेश बर्तौलालाई सचेतक चयन गरेका हुन् । गिरी पर्वत र बर्तौला मकवानपुर २ बाट निर्वाचित सांसद हुन् ।

उनीहरू दुवै जना कुनै बेला सँगै अनेरास्ववियुको केन्द्रीय कमिटीमा थिए । प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको चार महिनापछि ओलीले दलको प्रमुख सचेतक र सचेतकमा युवा नेताहरूलाई जिम्मा दिएका हुन् ।

प्रतिक्रिया