पश्चिमको मौसममा केही सुधार, घर फर्कन थाले कञ्चनपुरका बाढीपीडित
कञ्चनपुर – मौसममा केही सुधार भएसँगै कञ्चनपुरका बाढीपीडित घर फर्कन थालेका छन् । लगातार परेको पानीले कञ्चनपुरको नौवटा पालिकाका चार हजारभन्दा धेरै जना सुरक्षित ठाउँमा सरेका थिए ।
आज बिहानदेखि पानी पर्नेक्रम केही कम भएको छ । बाढी तथा घर डुबानमा परेका पीडित विद्यालय, वडा कार्यालय, सार्वजनिक ठाउँ र आफन्तकोमा आश्रय लिएका थिए ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार अहिलेसम्म दुई हजार जनाभन्दा धेरै घर फर्किएका छन् ।
दोधारा चादँनी, बेल्डाडी, बेदकोट नगरपालिकालगायत क्षेत्रका बस्ती डुबानमा परेपछि अन्यत्र सरेकाहरु घर फर्कने क्रम जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यस्तै महाकाली नदीमा पानीको सतह घटेपछि आजदेखि बनबासा पुलमा पनि आवागमन खुलेको छ ।