स्रोत नखुलेको १२ लाख नगदसहित दुईजना पक्राउ


तनहुँ – स्रोत नखुलेको १२ लाख रुपैँया नगदसहित तनहुँबाट दुईजना पक्राउ परेका छन् । तनहुँको व्यास नगरपालिका-३ दुर्गामन्दिरस्थित सडकबाट जिल्ला प्रहरी कार्यालयले बुधबार उनीहरूलाई पक्राउ गरेको हो ।

उक्त कार्यालयका अनुसार रोल्पाको माडी गाउँपालिका-५ पासाबाङ घर भई हाल काठमाडौं चन्द्रागिरि नगरपालिका-१० बस्ने २० वर्षीय लक्ष्मण केसी र २५ वर्षीय सुशान केसीलाई पक्राउ गरिएको होे ।

काठमाडौंबाट मोटरसाइकलमा पोखरातर्फ गइरहेका उनीहरुलाई शङ्का लागेर जाँच गर्दा उक्त नगद बरामद भएको हो ।

प्रतिक्रिया