वर्षाका कारण सुर्खेतमा घर भत्किँदा एक घाइते

सुर्खेत – सुर्खेतको वीरेन्द्रनगरमा घर भत्किँदा एक किशोरी घाइते भएकी छन्।

अविरल वर्षाका कारण वीरेन्द्रनगर नगरपालिका-१३ करेखोला निवासी खम्म बुढाको घर भत्किँदा च्यापिएर घाइते भएकी किशोरीको प्रहरीले उद्धार गरेको छ।

खम्ब बुढाकी छोरी १५ वर्षीया शुशिला बुढालाई घाइते अवस्थामा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। उनको हाल कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *