रवि लामिछाने पक्राउ, सडकमार्ग हुदैँ पोखरा लगिँदै
काठमाडाैं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सभापति लामिछानेलाई पक्राउ गरेको हो ।
शुक्रबार कास्की जिल्ला अदालतले लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको थियो । लामिछानेलाई पक्राउ गरेर कास्की लगिँदै छ । प्रहरीले सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको मुद्दा अनुसन्धान गरिरहेको छ ।
पक्राउ पर्नुअघि रविले कार्यकर्ता र सञ्चारकर्मी सम्बोधन गरेका थिए । पार्टी कार्यालय अगाडी मिडियालाई सम्बोधन गर्दै आफूलाई पक्राउ गर्न प्रहरी आएको बताउँदै पक्राउको क्रममा अवरोध नगर्न कार्यकर्तालाई आग्रह गरेका थिए ।