मतदानपछि रवि चितवन प्रस्थान
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने मतदान गरेपछि चितवन प्रस्थान गरेका छन् ।
बिहीबार बिहान चुच्चेपाटीस्थित उपत्यका खानेपानी लिमिटेड मतदान केन्द्रबाट मतदान गरेपछि उनी स्थलगत मार्ग हुँदै चितवनतर्फ लागेका हुन् । 
