लमजुङ अपडेट : सुरुदेखि कडा प्रतिस्पर्धा, पृथ्वी सुब्बा गुरुङ अग्रस्थानमा

काठमाडाैं -प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत लमजुङमा मतगणना जारी छ ।  मतगणना अनुसार नेकपा एमालेका उम्मेदवार पृथ्वी सुब्बा गुरुङले ३ हजार ६९१ मत ल्याएर अग्रता लिएका  छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीले ३ हजार ३९३ मत ल्याएका छन् भने नेपाली कांग्रेसका गमप्रसाद गुरुङ ३ हजार २७४ मत ल्याएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म ११ हजार ६५४ मत गणना हुँदा ११ हजार २३१ मत सदर र ४२३ मत बदर भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *