जबर्जस्ती करणीका फरार आरोपित ६ महिनापछि पक्राउ
गुल्मी – गुल्मीमा एक बालिकालाई जबरजस्ती करणी गरेको आरोप लागेका युवक ६ महिनापछि पक्राउ परेक छन् ।
जिल्लाको मदाने गाउँपालिका वडा नम्बर-४ बस्ने १९ वर्षका ईश्वर बोहरोलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । बोहरामाथि गत असोज २७ गते मदाने गाउँपालिका-२ बाझकटेरीमा बालिकालाई जबर्जस्ती करणी गरेको उजुरी परेको थियो ।
फरार रहेका आरोपित बोहरालाई चैत २१ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधव राज खरेलले बताए । बोहरामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।