वर्षाको कारण पश्चिम तराईमा डुबान, सतर्क रहन मौसमविद्काे आग्रह


काठमाडाैं – लगातारको वर्षापछि देशका पश्चिम तराईका जिल्ला डुबानमा परेका छन् । ठूलो वर्षा नभए पनि गएरातिदेखि लगातारजस्तै पानी पर्दा बाँके बर्दिया, दाङ लगायतका क्षेत्र जलमग्न भएका हुन् ।

यी स्थानमा धेरै खाल्डाखुल्डी, पानी निकास हुने ठाउँ नहुँदा र बालुवाका कारण मध्यम खालको पानी पर्दा पनि तराई तथा उपत्यका डुबानमा पर्ने गरेकाे मौसमविद्काे भनाइ छ ।

यस्तै लगातार पानी परेर जमिन भिजिरहेको हुनाले भिरालो जमिनमा पहिरोको जोखिम बढेकोले सतर्कता अपनाउन पनि मौसमविद्ले आग्रह गरेका छन्।

आज दिनभर प्रदेश एक, मधेसप्रदेश, लुम्बिनी र वाग्मती प्रदेशका धेरै ठाउँमा लगातार जस्तै पानी परिरहेको छ । लगातारको वर्षाका कारण पश्चिमी क्षेत्रका केही नदी तथा खोलाले सतर्कताको तह पार गरेका छन् ।

प्रतिक्रिया