दाङमा जङ्गली च्याउकाे तरकारी खाएका २ परिवारका सदस्य बिरामी


दाङ – जंगली च्याउको तरकारी खाँदा दाङमा ६ जना बिरामी भएका छन् । शनिवार बिहान घोराही नजिकैको वनबाट सङ्कलन गरी ल्याइएको च्याउ तरकारी पकाएर खाएका उनीहरु बिरामी भएका हुन् ।

बिरामी हुनेमा घोराही उपमहानगरपालिका-११ खैरा बस्ने ४२ वर्षीय भोला बीसी र उनका छोरीहरु २० वर्षीया सोनु बीसी तथा १५ वर्षीया पविता बीसी रहेका छन् ।

त्यसैगरी घोराही-१२ हापुर बस्ने ४२ वर्षीय लाल बहादुर बस्नेत, श्रीमती ४० वर्षीया सान्ता बस्नेत र छोरा १६ वर्षीया समिर बस्नेत बिरामी भएका जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

उनीहरु सबैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया