चितुवाको आक्रमणबाट एकजना घाइते

बर्दिया – बर्दियाको मधुवन नगरपालिका-४ बेल्वमा चितुवाको आक्रमणमा परी एकजना गम्भीर घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय ढोढरीका अनुसार मधुवन नगरपालिका-४ बेल्वाका ५६ वर्षीय हरिहर सापकोटा चितुवाको आक्रमणमा परी घाइते भएका हुन्।

उनको बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ। सापकोटाको पाखुरा तथा शरीरका अन्य भाग घाउ रहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *