थप उपचारका लागि राष्ट्रपति पौडेललाई भारत लगियो


काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिएको छ । श्री एयरलाइन्समार्फत् राष्ट्रपति पौडेललाई आज बिहान साढे ९ बजे भारत लगिएको हो ।

पेटमा इन्फेक्सन नघटेपछि पौडेलको भारतको नयाँ दिल्लीस्थित अल इन्डिया इस्टिच्यूट अफ मेडिकल साइन्सेस (एम्स) अस्पतालमा थप उपचार हुनेछ ।

पौडेल मंगलबार बेलुकी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका थिए ।

राष्ट्रपति पौडेललाई थप परिक्षण र उपचारका लागि भारत लैजानु पर्ने चिकित्सकले सुझाव दिएका थिए ।

प्रतिक्रिया