प्रतितोला ३ सय रुपैयाँले बढ्यो सुनको मूल्य


काठमाडौं – नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला ३०० रुपैयाँले बढेको हो ।

आज छापावाल सुन तोलामा एक लाख १० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार तोलामा एक लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन तोलामा एक लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढेको छ । आज चाँदी तोलामा एक हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया