शुक्रवार अहिलेसम्मकै उच्च रेकर्ड बनाएको सुनको मुल्य आज स्थिर


काठमाडाैं – शुक्रवार अहिलेसम्मकै उच्च रेकर्ड बनाएको सुनको मुल्य आज स्थिर रहेको छ । अस्ति शुक्रवार अहिलेसम्मकै उच्च रेकर्ड बनाएर तोलाको एक लाख ३० हजार रुपैयाँ पुगेको सुन आज यथावत् रहेको छ ।

शुक्रवार एकैदिन तोलामा दुई हजार एक सय रुपैयाँ बढेर सुनको मुल्यले नयाँ रेकर्ड बनाएको थियो । हिजो शनिवार अस्तिकै मुल्य कारोबार भएको सुनको मुल्य आज पनि यथावत् नै रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार रुस-युक्रेनबीचको युद्ध, लगानीकर्ताको सुनमा आकर्षण तथा डलरको भाउ बढेका कारण सुनको मूल्य पनि पछिल्ला दिनमा उच्च हुँदै गएको छ । नेपालमा अन्तर्राष्ट्रिय बजार र भारतको बजारलाई आधार मानेर मूल्य निर्धारण गरिन्छ ।

यस्तै आज चाँदीको मुल्य पनि घटबढ भएको छैन । शुक्रवारकै मुल्य तोलाको एक हजार पाँच सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया