सुनको मूल्य प्रतितोला चारसय घट्यो, चाँदीको बढ्यो


काठमाडौं – आइतबार सुनको मूल्य प्रतितोला चारसयले घटेको छ । यस्तै आज चाँदीको भाउ भने बढेको छ । सुन प्रतितोला चार सय घट्दा चाँदी प्रतितोला १५ रुपियाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख २५ हजार र तेजावी सुन प्रतितोला १ लाख २४ हजार ४ सय रुपयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदी प्रतितोला १ हजार ५ सय ३० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया