आज सुनको मुल्य स्थिर, चाँदी तोलामा ५ रुपैयाँ घट्यो

काठमाडाैं – सुनको मुल्य आज स्थिर छ । हिजो ७ सय रुपैयाँले बढेर तोलाको एक लाख २५ हजार २ सय रुपैयाँ पुगेको सुनको मुल्य आज स्थिर रहेको हो ।

आज पनि सुनको भाउ एक लाख २५ हजार दुई सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मुल्य तोलामा पाँच रुपैयाँले घटेको छ ।

हिजो तोलाको एक हजार पाँच सय २५ रुपैयाँ रहेको चाँदीको भाउ आज तोलाको एक हजार पाँच सय २० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *