मध्यनेपाल नगरपालिकामा भोलि सार्वजनिक बिदा

लमजुङ – लमजुङको मध्यनेपाल नगरपालिकाले बुधबार सार्वजनिक बिदा दिएको छ । २९ औँ विश्व आदिवासी तथा जनजाति दिवसको उपलक्ष्यमा पालिकाभर बिदा दिने भएको हो।

अगष्ट ९ लाई अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसको मान्यता दिएको भन्दै आदिवासीको भावनालाई सम्बोधन गरेर पालिकाले अत्यावश्यक सेवा बाहेक सबैलाई बिदा दिएको जनाएको छ।

लमजुङको मध्यनेपाल नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले सूचना प्रकाशित गरेरै बिदाको जानकारी दिएको हो। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *