प्रधानमन्त्री कप क्रिकेट : आज एपीएफ र बाग्मती तथा कर्णाली र गण्डकी खेल्दै


काठमाडाैं – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् ।

कीर्तिपुरमा एपीएफ क्लब र बाग्मती प्रदेश तथा भैरहवामा कर्णाली र गण्डकी प्रदेशबीच खेल हुनेछ । यी खेल बिहान सवा ९ बजेदेखि शुरु हुनेछन् । यो प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय गरी १० टोली सहभागी छन् ।

हिजो पहिलो दिन तीन वटा खेल भएकोमा मधेस प्रदेश, लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लबले विजयी शुरुवात गरेका छन् । प्रतियोगितामा पहिलो पटक राउन्ड रोबिन अर्थात् सबै टोलीले एक अर्कासँग खेल्नेछन् ।

हरेक टोलीले एक अर्कासँग खेलेपछि शीर्ष चार टोलीले सेमिफाइनल खेल्नेछन् । यस पटकदेखि शीर्ष चार टोलीले इलिट ट्रफी पनि खेल्न पाउने भएका छन् ।

प्रतिक्रिया