आजको मौसम : पहाडीका भेगमा सामान्य बदली, मुख्यतया सफा


काठमाडाैं – हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा सामान्य बदली हुने सम्भावना रहेको छ ।

यस्तै कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई ठाउँमा सामान्य हिमपातको सम्भावना रहेको छ । बाँकी भूभागको मौसम सफा रहनेछ । आज राति देशका धेरै ठाउँमा सामान्य बादल लाग्ने सम्भावना रहेको मौसमविद् गोन्बिद झाले जानकारी दिए ।

तराईका जिल्ला सहित देशका धेरै ठाउँमा तापक्रम बढिरहेको छ । तराईमा अघिल्लो हप्ता २७ देखि २९ डिग्री सेल्सियस रहेको तापक्रम यो हप्ता दुईदेखि तीन डिग्री सेल्सियससम्म बढेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया