सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, आज तोलामा १८ सयले वृद्धि

काठमाडौं – नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आज प्रतितोला एक हजार आठ सयले बढेर नयाँ रेकर्ड कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार प्रतितोला एक लाख ३१ हजार दुई सय रूपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला एक हजार आठ सयले बढेर एक लाख ३३ हजार रूपैयाँ तय भएको हो ।

यस्तै तेजावी सुन तोलमा मङ्गलबार प्रतितोला एक लाख ३० हजार पाँच सय रूपैयाँमा कारोबार भएकामा आजका लागि भने एक लाख ३२ हजार तीन सय ५० रूपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य पनि उकालो लागेको छ । मङ्गलबार प्रतितोला एक हजार पाँच सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने ६५ रूपैयाँले बढेर एक हजार छ सय १० रूपैयाँ मूल्य निर्धारण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *