सुनचाँदीको मूल्यमा गिरावट, तोलामै २२०० ले घट्यो सुन


काठमाडाैं – लगातार नयाँ रेकर्ड कायम गरिरहेको सुनचाँदीको मूल्यमा आज भने गिरावट आएको छ । आज सुनको मुल्य प्रति तोला २२ सय रुपैयाँले घट्दा चाँदी पनि ५० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख ३६ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख ३६ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ३९ हजार रुपैयाँ किनबेच भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी पनि ५० रुपैयाँले घटेर  प्रति तोला एक हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया