पहिरोले डुम्रे-बेँसीशहर-चामे सडक अवरुद्ध, खुलाउन प्रयास जारी


लमजुङ – गएरातिदेखि परेको अविरल वर्षाका कारण खसेको पहिरोले तनहुँको डुम्रे-लमजुङको बेँसीशहर र मनाङको चामे जोड्ने सडक अवरुद्ध भएको छ । सडकका विभिन्न ठाउँमा पहिरो खसेर अवरुद्ध भएको हो ।

प्रहरीका अनुसार तनहुँतर्फ बेँसीशहर नगरपालिका-१ दलाल र मनाङतर्फ खरखरे भिरमा पहिरो खसेकाले सडक अवरुद्ध भएको हो । खरखरे भिरमा ठूला-ढुङ्गासहितको पहिरो खसेको छ ।

तस्वीर स्रोत : सामाजिक सञ्जाल

सडक अवरुद्ध हुँदा लमजुङको बेँसीशहरबाट मनाङ जाने तथा तनहुँ हुँदै काठमाडाैं, पोखरा, चितवन आउने/जाने गाडी र यात्रु अलपत्र परेका छन् । बन्द सडक खुलाउन प्रयास भइरहेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया