नागढुङ्गा-नौबिसे सडक एकतर्फी खुल्यो, रोकिएका गाडी पठाइँदै


काठमाडाैं – धादिङको  झ्याप्ले खोलामा खसेको पहिरो ४८ घण्टापछि हटाइएको छ ।  पहिरो हटेपछि सडक एकतर्फी खुलेको र त्यहाँ रोकिएका गाडीलाई पालैसँग काठमाडाैंतर्फ पठाउन थालिएको ट्राफिक प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीका अनुसार पहिरोका कारण सडकमै रोकिएका गाडीको लामो लाइन भएकाले पहिले ती गाडीलाई गन्तव्यतर्फ पठाएपछि मात्रै अरू गाडी नियमित रूपमा सञ्चालनमा आउनेछ । पहिरो हटाए पनि लेदो माटोका कारण गाडी सञ्चालन हुन कठिनाइ भइरहेकोले काठमाडाैंबाट गुड्ने अरू गाडी अहिले चल्न नपाउने प्रहरीले जनाएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, स्थानीयबासिन्दा, यात्रु लगायतको पहलमा अवरुद्ध सडक खुलाइएको हो । अस्ति शनिवार त्यहाँ तीनवटा गाडी पहिरोमा पुरिएका थिए । ती गाडीबाट ३५ जनाको शव निकालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया