बाढीपहिरोमा परी दुई सय १७ को मृत्यु, २८ जना वेपत्ता


काठमाडौं – अविरल वर्षाका कारण गत असोज ११ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी हालसम्म दुई सय १७ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका प्रवक्ता, सहसचिव ऋषिराम तिवारीले अन्य २८ जना बेपत्ता भएको जानकारी दिए ।
प्राकृतिक विपद्मा एक सय ४३ जना घाइते भएको प्रवक्ता तिवारीले जानकारी दिए । बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको पनि उनले जानकारी दिए ।
बाढी प्रभावितलाई  खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ । सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको प्रवक्ता तिवारीले बताए।

प्रतिक्रिया