परराष्ट्रमन्त्री राणाविरुद्ध अख्तियारमा उजुरी, राजीनामा माग


काठमाडौं – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । परराष्ट्रमन्त्री राणा प्रमाणित हुने गरी नक्कली भुटानी शरणार्थी प्रकरण र टीकापुर जग्गा अनियमिततामा जोडिएको दाबीसहित युवराज सफलले उजुरी दर्ता गराएका हुन् ।

राणाले आफूमाथि लाग्दै आएको आरोपमा अदालतबाट सफाइ नपाउँदासम्म नैतिक आधारमा पदमा बस्न नमिल्ने सफलको उजुरीमा उल्लेख छ । उनले राणालाई नैतिकताको आधारमा राजीनामा दिन लगाई तत्काल अनुसन्धान गर्न अख्तियारलाई आग्रह गरेका छन् । परराष्ट्रमन्त्री डा. राणामाथि अख्तियारले उचित छानविन नगरे अदालत जाने उनले बताएका छन् ।

परराष्ट्रमन्त्री आरजु देउवा प्रमाणित हुने गरी नक्कली भुटानी शरणार्थी र टिकापुर जग्गा अनियमितता प्रकरणमा जोडिएको देखिन्छ । मन्त्री हुन उच्च नैतिकता हुन पर्ने हुँदा उनले उल्लेखित प्रकरणमा अदालतबाट सफाई नपाउँदासम्म उहाँले नैतिकताको आधारमा पदमा बसी राख्न मिल्दैन । तसर्थ तत्काल निज विपक्षी आरजु राणा देउवालाई नैतिकताको आधारमा राजिनामा दिन लगाई उहाँ उपर तत्काल अनुसन्धान गर्न सम्मानित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराउन चाहन्छु । यदि यस उजुरी उपर कारबाही नगरे सम्मानित सर्वोच्च अदालत सम्म जाने पनि जानकारी गराउन चाहन्छु,’ उजुरीमा भनिएको छ ।

प्रतिक्रिया