रुकुम पश्चिममा घर भत्किँदा २२ बाख्रा मरे


त्रिवेणी (रुकुम पश्चिम) – रुकुम पश्चिमको बाँफिकोटमा घर भत्किँदा २२ बाख्रा मरेका छन् । बाँफिकोट गाउँपालिका-१० बयाल्यामा बरुण धितालको घर भत्किँदा २२ बाख्रा मरेका हुन् ।

गएराति धितालको घर भत्किँदा घरमा रहेका २२ बाख्रा पुरिएर मरेका छन् । घरमा रहेका तीन बाख्रा भने घाइते अवस्थामा रहेको वडाध्यक्ष हरिबहादुर चन्दले जानकारी दिए ।

उनका अनुसार गत कात्तिक १७ गते जाजरकोट केन्द्र विन्दु बनाएर गएको भूकम्पले घर चिराचिरा परेको थियो । सोही घर भत्किँदा बाख्रा मरेका हुन् । घरमा रहेका अन्नपात र भाँडावर्तनमा पनि क्षति पुगेको वडाध्यक्ष चन्दले जानकारी दिए ।

घरपरिवार अस्थायी आवास (टहरो) मा बसेकाले मानवीय क्षति भने भएको छैन । अन्य क्षतिको विवरण सङ्कलन भइरहेको वडाध्यक्ष चन्दले जानकारी दिए ।

प्रतिक्रिया