धनकुटा कांग्रेसको स्थगित निर्वाचन आज


धनकुटा – नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत अनिश्चित समयका लागि स्थगित भएको धनकुटाको निर्वाचन प्रक्रिया आज हुँदैछ ।

मंसिर ६ गते सुरु भएको अधिवेशन निर्वाचन प्रक्रिया सुरु गर्ने विषयमा संस्थापन र संस्थापन इतरका जिल्ला नेताहरूबीच विवाद भएपछि निर्वाचन समिति जिल्ला निर्वाचन कार्यलयले अनिश्चित कालका लागि स्थगित गरेको थियो ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत धनकुटा जिल्ला सभापति पदका लागि संस्थापन पक्षबाट दिनेश राई र संस्थापन इतरबाट कमोट फागो सभापतीका आकांक्षी छन् । २ प्रदेशसभा रहेको धनकुटामा दुवै क्षेत्रमा पार्टी सभापति शेरबहादुर देउवा पक्षका अधिकांश नेता विजयी भएका छन् ।

प्रतिक्रिया