बुधवारदेखि केही ठाउँमा हल्का वर्षाकाे सम्भावना


काठमाडाैं – पर्सि बुधवारदेखि देशका विभिन्न ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका एक/दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना छ ।

पानी परेपछि अहिले धुम्म रहेको मौसम खुल्ने अनुमान गरिएको छ । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा केही दिनदेखि मौसम धुम्मिएको छ । राम्रोसँग घाम नलाग्दा चिसो बढेको छ ।

काठमाडौंमा आज हिजोभन्दा पनि चिसो छ । काठमाडौंको न्यूनतम तापक्रम बिहान ७ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो काठमाडौंको न्यूनतम तापक्रम ७ दशमलव १ डिग्री सेल्सियस थियो ।

प्रतिक्रिया