देशभर सामान्य देखि पूर्णतया बदली, भारी हिमपातको सम्भावना


काठमाडौं – हाल देशमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्र र आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूर पश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । आज (बिहीबार) देशभर सामान्य देखि पूर्णतया बदली रहने मौसमविदले बताएका छन् ।

सुदूर पश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका पहाडी भू–भागको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको र सो प्रदेशका उच्च पहाडी र हिमाली भू–भागका धेरै स्थानहरूमा मध्यमदेखि भारी हिमपात सम्भावना रहेको छ । शुक्रबार देशभर सामान्य देखि पूर्णतया बदली रहने छ ।

कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशको पहाडी भू–भागको केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको र देशको उच्च पहाडी र हिमाली भू–भागको केही स्थानहरूमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको छ ।

शनिवार भने प्रदेश–१ मा सामान्यदेखि पूर्णतया बदली रही देशका बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश– १ का पहाडी भू–भागका एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया