बिरामी बोकेको एम्बुलेन्स दुर्घटना, तीन जना घाइते
जुम्ला – जुम्लामाको कनकासुन्दरी गाउँपालिकाबाट बिरामी ल्याउँदै गरेको एम्बुलेन्स दुर्घटना भएको छ। दुर्घटनामा तीन जना सामान्य घाइते भएकाे प्रहरीले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार कनकासुन्दरी गाउँपालिका ६ स्थित दाँते ओखरमा क १ झ १५ नम्बरको कनकासुन्दरी गाउँपालिकाको एम्बुलेन्स आइतबार बिहान दुर्घटना भएको हो ।
कनकासुन्दरी ६ निवासी दलविरे ऐडी बिरामी भई सदरमुकाम ल्याइँदै गर्दा दुर्घटना भएको हो । प्रहरी निरीक्षक भट्टका अनुसार एम्बुलेन्स सडकबाट १५,२० मिटर तल एम्बुलेन्स खसेको थियो ।