सुत्केरी हुन नसकेर कालीकाेटमा एककाे मृत्यु

कालीकाेट – कालीकोटको खाँडाचक्र नगरपालिका वडा नम्बर ५ की २८ वर्षीया पुन्नकली विकको सुत्केरी हुन नसकेर ज्यान गएको छ ।

पुन्नकलीलाई सुत्केरी ब्यथाले च्यापेपछि हिजो साेमवार आफन्तले जिल्ला अस्पताल कालीकोट ल्याएका थिए ।

पाठेघरमा साल च्यातिएर रगत जमेको र बच्चासमेत उल्टो बसेकाले बचाउन नसकिएको उपचारमा संलग्न जिल्ला अस्पतालका प्रमुख डा. रत्नवीर सुनारले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *