मन्त्रिमण्डल पुनर्गठन : एकीकृत समाजवादीका मन्त्री हेरफेर

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आज (आइतबार) मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । पुनर्गठनमा नेकपा एकीकृत समाजवादीबाट चार जना मन्त्री फेरिएका हुन्।

आज साँझ राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद हेरफेरको जानकारी दिएको हो। माधवकुमार नेपाल नेतृत्त्वको नेकपा एकीकृत समाजवादीबाट अब जीवनराम श्रेष्ठ संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयनमन्त्री र मेटमणि चौधरी शहरी विकास मन्त्री छन् ।

यस्तै शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नियुक्त भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *