खुम्बुमा लेक लागेर विदेशी पर्यटकको मृत्यु

सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु क्षेत्र भ्रमणमा आएका एक विदेशी नागरिकको मृत्यु भएको छ।

जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिका-४ गोरक्सेपमा स्लोभाकियाका एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको हाईअल्टिच्यूट अर्थात लेक लागेर मृत्यु भएको बताइएको छ।

तर मौसम प्रतिकुलताका कारण शव उद्धारमा समस्या भएको छ। खुम्बु क्षेत्रमा अहिले हिमपात भइरहेको खुम्बु पासाङ ल्हामु गाउँपालिका-४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले बताए।

अहिले सो क्षेत्रमा सञ्चार सेवा समेत प्रभावित हुँदा मृतकको पूरा विवरण लिन समेत समस्या भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *