सरकारमा सहभागिताका लागि एकीकृत समाजवादीमा कार्यदल गठन


काठमाडौं – नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागी हुन कार्यदल गठन गरेको छ। कार्यदलमा पार्टी अध्यक्ष माधवकुमार नेपाल, पार्टी उपाध्यक्ष प्रमेश हमाल र पार्टी महासचिव घनश्याम भुसाल सहभागी छन्।

मंगलबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी उपमहासचिव जगन्नाथ खतिवडाले पार्टी सत्तापक्षमा बसिसकेको र सरकारमा जानेबारे छलफल भएको बताए। उनले बैठकमा सरकारमा जाँदा कस्ता नीति कार्यक्रम लिएर जाने भन्नेबारे पनि छलफल भएको बताए।

प्रतिक्रिया