धनगढीकी लक्ष्मी सेरालाको डेंगु संक्रमणबाट ज्यान गयो

धनगढी – कैलालीको धनगढीमा डेंगु संक्रमणबाट एक बालिकाको ज्यान गएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ की १२ वर्षीया लक्ष्मी सेरालाको डेंगु संक्रमणबाट मृत्यु भएको हो।

केही दिनअघि उनलाई महाकाली प्रादेशिक अस्पतालमा परीक्षण गर्दा डेंगु सङ्क्रमण पुष्टि भएको थियो। त्यसपछि उनलाई त्यहाँबाट रेफर गरी धनगढीस्थित अस्पतालमा भर्ना गरिएकामा उपचारकै क्रममा बिहीबार राति मृत्यु भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *